२०८१ मङ्सिर २५ गते मङ्गलवार

दाङमा आज थप ५ जनामा कोरोना पुष्टि



२० असोज,घोराही –
दाङमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा ३ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरुमा घोराहीका चार जना र एक जना तुलसीपुरका रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज ३ जना कोरोना मुक्त भएका छन् र मुक्त हुनेमा तुुलसीपुरका २ र लमहीका एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६९ जना रहेको छ । ति मध्य ५६ जना घरमा, ४ जना आईसीयूमा र ९ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्