२० असोज,घोराही –
घोराही १५ मा रहेको भि.एन. क्याम्पसले दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । भि.एन प्राध्यापक विद्यार्थी समन्वय समितिले आयोजना गरेको कार्यक्रममा समितिका संरक्षक एवं क्याम्पस प्रमुख शरद कुमार आचार्यले दशै तिहार एवं छठ पर्वको शुभकामना दिदै कोरोनाका कारण क्याम्पसमा पठनपाठन व्यवस्थित ढङ्गले संचालन हुन नसकेको र चाडपर्व पश्चात पठनपाठन व्यवस्थित तरिकाले अघि बढ्ने बताउनुभएको छ ।
त्यस्तै क्याम्पसका प्राध्यापक टीका बस्नेतले शुभकामना दिदै बिद्यार्थिको अध्ययन गर्ने संस्कार हराउँदै गईरहेको बताउनुुभयो । पछिल्लो समय विद्यार्थीहरु पढाई भन्दा पनि सामाजिक संजालमा व्यस्त देखिएकाले मेहनत गर्ने बानीको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुुभयो । साथै उहाँले आगामी दिनमा समितिले रचनात्मक कार्यलाई बढि जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
समितिका अध्यक्ष लोकेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु हेमराज शर्मा, टोपेन्द्र गौतम, देबेन्द्र सिंह ठकुरी लगाएतले शुभकामना राख्नु भएको थियो । क्याम्पसमा अध्यनरत पहिलो, दोस्रो र तेस्रो बर्षका विद्यार्थीहरुले पनि शुभकामनाका व्यक्त गर्नुभएको थियो । क्याम्पसमा अध्ययनरत तेस्रो वर्षका बिद्यार्थी बिनोद नेपाली (विवश) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सबिता डि.सि.ले गर्नुभएको थियो ।।