२०८१ माघ ७ गते सोमवार

लुम्बिनी प्रदेश सरकारले बजेट विस्थापन गरी नयाँ बजेट ल्याउँदै



२० असोज,घोराही –
लुम्बिनी प्रदेश सरकारले पूर्ववर्ती सरकारले अध्यादेश मार्फत ल्याएको बजेट विस्थापन गरी नयाँ बजेट ल्याउने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्ने तयारी गर्नुभएको छ ।

सरकार गठन भएको करिव दुई महिना पुग्नै लाग्दा मन्त्रिपरिषद् बिस्तार र नयाँ बजेट ल्याउन नसकेको भन्दै टिकाटिप्पणी भएको सरकारले अन्ततः एमालेले संसद अबरुद्ध पारेको समयमा बजेट ल्याउने तयारी गरेको जनाएको हो ।

शंकर पोख्रेल नेतृत्वको सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । पूर्ववर्ती सरकारले ल्याएको बजेटका केही कार्यक्रम विस्थापित गर्दै नयाँ कार्यक्रमसहित बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव बाबुराम अधिकारीले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्