२०८१ माघ ५ गते शनिवार

सुनको मूल्य ८ सयले वृद्धि, आज कति पुग्यो ?



२० असोज । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ९०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार ४ सय कायम गरिएको छ । यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी २० रुपैयाँले बढरदै १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्