२१ भदौ,घोराही-
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर १ सारपानीकी एक महिला एक हप्तादेखि बेपत्ता हुनुभएको छ । हरि बाठाकी ३४ वर्षिया श्रीमति जिबा बाठा यही भदौ १७ गते बिहीबार देखि हराईरहनुभएको छ । सोही दिन विहान घरबाट हराएकी श्रीमतीको खोजी गरिदिनुहुन् श्रीमानले आग्रह गर्नुभएको छ ।
आफन्तकोमा सम्पर्क गर्दा पनि श्रीमतीको पत्ता नलागे पछि खोजीको लागि प्रहरी कार्यालयमा उजुरी समेत दिएको बाठाले बताउनुभयो ।
उहाँको एक छोरा र एक छोरी रहेका छन। साथै यदि कसैले फेला पार्नुभएमा फोन नम्बर ९८६६९१६८६३ मा फोन गर्न पनि बाठाले आग्रह गर्नुभएको छ । ।
प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार