२१ भदौ,घोराही- सल्यानको शारदा नगरपालिका वडा नम्बर ९ स्थित नयाँबस्ती सामुदायिक वन उपभोक्ता समितिले उपभोक्ताहरुलाई निःशुल्क ग्यास चुलो बितरण गरेको छ ।आज समितिका अध्यक्ष कर्णे बहादुर थापाको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि २४ घरपरिवारलाई प्रति परिवार ७ हजार मूल्य बराबरको ग्यास सिलेन्डर,चुलो रेगुलेटर लगाएतका सामाग्री हस्तान्तरण गरिएको हो ।
दाउराको माग बढ्दै जाँदा र वन संरक्षणमा समस्या देखिएको र समयको बचत तथा धुवाका कारण स्वास्थ्यमा समेत असर गर्ने भएकाले यसको न्यूनिकरणका लागि उपभोक्ताहरुलाई ग्यास चुलो बितरण गरिएको समुहका अध्यक्ष थापाले जानकारि दिनुभयो ।
साथै भान्सामा दाउराको प्रयोग गरि खाना बनाउदा निकै धुवा र झन्झट हुने गरेकोले अब त्यो समस्याबाट मुक्त हुने भएपछि उपभोक्ताहरु खुसी भएका छन् ।।