२१ भदौ,प्युठान –
प्यूठान नगरपालिका २ दाखाक्वाडीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ । दाखाक्वाडी विश्वकर्मा टोलकी ७८ वर्षिय देउकी बिकको सोमवार दिउँसो पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घरका ४ सदस्य घरबाहिर रहेकाले सकुशल छन् । मृतक बिरामी भएकाले घरभित्रै सुतीरहेको अवस्थामा घर भत्किएको वडा अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।
गएराती परेको वर्षाका कारण घरको एकसुरतर्फको जमिन भास्सिएर घर भत्किएको हो । घर भत्किदा घरमा भएका सम्पूणर् अन्नपात, लत्ताकपडा पुरिएका छन् ।।
प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार