२१ भदौ, रुकुम पश्चिम –
रुकुम पश्चिमको बालगृहमा राखिएकी १२ बर्षिया बलात्कृत भएकी छन् । आठबिसकोट नगरपालिका वडा नम्बर १० वडा अध्यक्ष तथा बालगृह सन्चालिकाको छोराद्वारा पटक पटक बलात्कारको शिकार भएको ति बालिका ले बताउँछीन । ३ बर्ष पहिले अभिभावकत्व तथा संरक्षण दिएर जिल्लाको आठबिसकोट नगरपालिकामा सञ्चालित सिस्ने हिमाल बालगृहमा भर्ना गरिएकी ती बालिका दुई बर्ष यता निरन्तर बलात्कारको शिकार भएको सूचना बाहिरिएको छ ।
वडा अध्यक्ष गंगाराम चनाराका कान्छो छोरा रवि भनिने कुश्माकर चनाराले पटक पटक करणी गरेको पीडित बालिकाले जनाएकी छन् ।
बालिकाका अनुसार २०७७ साल चैतको अन्तिममा लकडाउनको बहानामा सन्चालिका सुनिताले आफूहरुलाई आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन् । उनले वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा चारो हाल्न नियमित लगाएको बताएकी छन् । सोहि बेला कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा ९रवि०ले पछाडिबाट आएर मुख थुनी जबरजस्ती करणी गरेर कहिँ कतै भनेमा मारिदिने धम्कि दिएको पीडित बालिकाले बताएकी छन् ।
२०७७ सालको लकडाउनदेखि २०७८ को लडडाउनको बेलासम्म पटक पटक बलात्कार गरेको र अहिले महिनावारीसमेत रोकिएको भन्दै ती बालिकाले गर्भ रहेको जनाएकी छन् ।भदौ १९ गतेका दिन आठबिसकोटको नगर अस्पतालमा गराईएको स्वास्थ्य जाँचमा पनि बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रिपोर्टले देखाएको छ । पीडित बालिकाले बालगृहको नाममा बालिकामाथि बलात्कार गर्नुका साथै बालश्रम शोषण गरेको र वडा अध्यक्ष समेतले आफूलाई शारीरिक शोषण तथा हिंसा गरेको जनाएकी छन् ।
बालिकाले आफूमाथि भएको यो अन्यायबिरुद्ध न्यायको माग गर्दै उजुरीसमेत दिएकी छन् । जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई अभियुक्तहरुलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउन भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको सूचना प्राप्त भएको छ । २०७४ सालमा बालगृहमा पढ्न भनेर बसकी ती बालिका त्यो बेलामा कक्षा ३ मा भर्ना भएकी थिइन् । उनीसहित गृहमा बसिरहेका १२ जना अभिभावकबिहिन बालबालिकालाई वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले ३ बर्ष पहिले अभिभावकत्व तथा बनेर बिद्यालय भर्ना गरेका थिए ।