२१ भदौ,घोराही –
नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्र्तगत दाङका ५० भन्दा बढि वडामाहरु आज वडा कार्य समिति र क्षेत्रिय प्रतिनिधि चयनका लागि निर्वाचन भैरहेको छ । विहान १० बजेदेखी दिउँसो ४ बजे सम्म मतदान हुने र त्यसपछि मतगणना हुने दाङका मुख्य निर्वाचन अधिकृत प्रह्लाद वहादुर कार्कीले जानकारी दिनुभयो ।
दाङका करिब ५० वडामा सर्वसहमतीमा वडा अधिबेशन सम्पन्न भएको नेपाली कांग्रेसको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अहिले पनि केहि वडामा सहमतीबाटै नेतृत्व र प्रतिनिधि चयन गर्ने प्रयास भैरहेको छ ।
क्षेत्रिय प्रतिनिधि र वडा समिति सर्वसहमत भएका वडाका निर्वाचन अधिकृतले घोराही स्थित नेपाली कांग्रेसका निर्वाचनको कार्यालयमा मत परिणाम बुझाउने क्रम सुरु भएको छ ।
वडामा ७ जना पदाधिकारी सहित १५ जना माथीको कार्य समिति र क्रियाशिल सदस्य संख्याको आधारमा १५ देखी ७५ जना सम्म क्षेत्रिय प्रतिनिधी चयन हुने छन् । दाङमा १८ हजार ७ सयको आसपासमा क्रियाशिल सदस्यहरु रहेको नेपाली कांग्रेसले जनाएको छ ।
वडा अधिबेशन सकिए पछि पालिका, प्रदेश, क्षेत्रिय र जिल्लाको अधिबेशन गर्ने कार्यतालिका रहेको पार्टी सचिब शंकरप्रसाद डाँगीले जानकारी दिनुभएको छ ।।