२१ भदौ, घोराही –
दाङ प्रहरीले लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ८ दुधेना निवासी ४२ बर्षिय छबिकुमार केसीलाई पक्राउ गरिएकोे हो ।
२०७४ मंसिर १९ गते लागुऔषध मुद्धामा ३ बर्ष ९ महिना ३ दिन कैद सजाए फैसला भएपछि फरार भएका केसीलाई तुलसीपुर उपमहानगरपालिका ८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ गरे लगतै केसीलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरी नायब उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार