२१ भदौ,दाङ –नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङमा वडा अधिवेशन सुरु भएको छ । प्रतिनिधि मनोनयनकै दिन अधिकांश वडाहरूमा निर्विरोध रूपमा प्रतिनिधि चयन भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।
उम्मेद्वारी दर्ता गरेकाहरू मध्ये नयाँ नेतृत्वका लागि अधिकांश वडाहरूमा उम्मेद्वारी दर्ता भए पनि केही वडाहरूमा सर्वसम्मतिमै नेतृत्व चयन भएका छन् । जस अनुसार घोराहीमा वडा नं १,२,६,७,८,१३,१४,१६,१९ तुलसीपुरमा वडा १,७,१०,१२,१७,१८,लमहीमा वडा २,४,५,६,७गढवामा वडा नम्बर१,२,३,५,६ राजपुरमा वडा १,२,४,५,६,७ राप्तीमा वडा नम्बर १,२,३ बङगलाचुलीमा वडा नम्बर १,२ शान्तीनगरमा वडा नम्बर १,५,६ दंगीशरणको वडा नम्बर १,४,६,७ बबईमा वडा नम्बर १,२,३,७ मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
सम्भवतः आज बिहानसम्म अरू थप वडाहरूमा निर्विरोध रूपमा प्रतिनिधि चयन हुने अपेक्षा गरिएको छ । जिल्लाका १० पालिकाका एक सय वडाहरूमध्ये करिब ५० वडाहरूमा सर्वसम्मतिमै नेतृत्व चयन भएको छ । अन्य केही वडाहरूमा पनि सर्वसम्मतिमा नेतृत्व चयन हुने बताइएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक पुष्टि भने गरेका छैनन् । नयाँ नेतृत्व चयनका आज मतदान हुदै छ ।