२०८१ माघ १२ गते शनिवार

रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु



२१ भदौ,रोल्पा –
अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ । रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा गएराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो ।

घर भत्किँदा अन्य दुई जना सामान्य घाइते भएका छन् भने दुई घरमा पनि सामान्य क्षति पुगेको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । सुवेदीका अनुसार उद्धारका लागि प्रहरी राति नै घटनास्थल पुगिसकेको छ ।

त्यस्तै सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ । बस खोजीका लागि प्रहरी परिचालन गरिएको छ । स्थानीयका अनुसार उक्त बस विद्यालयको रहेको जनाइएको छ ।।

 

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्