२०८१ माघ ७ गते सोमवार

करदाता सेवा कार्यालय सल्यानमा ४७ करोड रुपैयाँ राजस्व संकलन



२२ साउन, सल्यान- करदाता सेवा कार्यालय सल्यानले एकै बर्षमा ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले गएको आर्थिक वर्ष २०८०/०८१ मा ४७ करोड ६९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

एक वर्षको अवधिमा ६२ करोड ७९ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा कम ७६ प्रतिशत मात्रै राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

२०७७ सालमा सल्यानसहित रुकुमका नागरिकको सहजताका लागि सल्यानको श्रीनगरमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो । कर सम्बन्धी काम श्रीनगरमा नै भएपछि नागरिक तथा व्यवसायी दाङ जानुपर्ने बाध्यता अन्त्य भएको छ । कर अधिकृत चिरन्जीवी खड्काले विकट भुगोल, कर सचेतनाको कमी, मिसम्याचमा पर्ने डर लगाएतका कारण यो बर्ष लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्