२०८१ फाल्गुन ४ गते आइतवार

लुम्बिनी प्रदेश राजधानीको मास्टर प्लान बनाउन बिदेशी विज्ञहरुले अध्ययन गर्ने



२२ साउन, दाङ -लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ–देउखुरीको राप्ती उपत्यकाको मास्टर प्लाउन बनाउन विदेशी विज्ञहरुले पनि अध्ययन गर्ने भएका छन् । विश्वकै नमूना राजधानी बनाउन बिदेशी विज्ञहरुद्धारा राजधानी क्षेत्रको तत्काल अध्ययनको काम शुरु हुने भएको हो ।

युनोप्सको लगानीमा स्पेन देशका बिज्ञहरुद्धारा राजधानीको मास्टर प्लान बनाउन सहयोग गर्ने गरी काम अघि बढाइएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइओ धुब्र मज्गैयाँले जानकारी दिनुुभयो । यस अघि नेपालका विज्ञहरुबाट समेत प्रदेश राजधानीको मास्टर प्लानको प्रराम्भिक खाका तयार गर्न सुझाब संकलनको काम भइरहेको समेत सिइओ मज्गैयाँले बताउनुुभयो ।

उहाँका अनुसार अबको केही दिनमै स्पेनका विज्ञहरु राजधानीमै आई अध्ययनको काम शुरु गर्ने बताउनुुभयो । प्रदेश राजधानीको मास्टर प्लान बनाउन सहयोग गर्नका लागि टिम लिडर बिजय श्रेष्ठ, सहरी योजनाकार कुमार धमलाको समन्वयमा विदेशी विज्ञ तथा प्रोफेसरहरुले अध्ययनको काम गर्ने बताइएको छ । उनीहरु अध्ययनबाट प्राप्त सल्लाह सुझाब अनुसार प्रदेश राजधानीको प्रारम्भिक खाका तयार गर्ने सिइओ धुब्र मज्गैयाँले जानकारी दिनुुभयो ।

जसका लागि युनोप्स र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच सम्झौता समेत भईसकेको छ । अबको केही दिनमा स्पेनबाट क्याटेलोनिया विश्वविद्यालय बार्षिलोना स्पेनका होक्वीन सावेत, स्पेनका सहरी योजनाकार अल्वर्टोको टिमले प्रदेश राजधानीमै आई मास्टर प्लान बनाउन बृहत्त अध्ययनको काम गर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

प्रदेश राजधानीको मास्टर प्लान बनाउने बिषयमा बुधबार युनोप्स र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच भचुअल छलफल समेत भएको छ । छलफलमा युनोप्सका प्रोगा्राम अफिसर हामियर डोमिनगुन, क्याटेलोनिया विश्वविद्यालय बार्षिलोना स्पेनका होक्वीन सावेत, स्पेनका सहरी योजनाकार अल्वर्टो, भूपु सचिव दिपेन्द्रनाथ शर्मा, सह-सचिव पदम मैनाली, इन्जिनियरिङ्ग अध्ययन संस्थानकी सुधा श्रेष्ठ, मास्टर प्लानका टिम लिडर बिजय श्रेष्ठ, सहरी योजनाकार कुमार धमला र प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइओ धुब्र मज्गैयाँको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्