२०८२ बैशाख १८ गते बुधवार

देशभर बर्षाको सम्भावना



२२ असार, काठमाडौं –

अहिले नेपालभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनी वायुको प्रभावका कारण अहिले प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशभर बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह::घरजग्गा सम्बन्धि नेपालकै  पहिलो अनलाइन पत्रिका

आज (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज काठमाडौंमा दिनभर मौसम बदली हुने जनाइएको छ । ‘काठमाडौंका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ । दिउँसो पनि केही समय वर्षा हुने र केही समय पानी पर्ने क्रम चलिरहने छ’, मौसमविद् राजु प्रधानाङ्ले भने, ‘काठमाडौंमा आज सामान्यदेखि मध्यम वर्षा हुने देखिन्छ ।’

प्रधानाङ्गले आगामी तीन दिन देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि भारी वर्षाको सम्भावना नभएको बताए । ‘आगामी तीन दिन भारी वर्षा गराउने मौसमी प्रणाली देखिँदैन’, उनले भने ।

बिहीबार देशका पहाडी भू-भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्