२०८१ असार २ गते शनिवार

दाङमा असार सकिदै लाग्दासमेत पाठ्यपुस्तकको अभाव



 २२ असार ,दाङ-
दाङमा असार सकिदै लाग्दासमेत पाठ्यपुस्तकको अभाव टर्न सकेको छैन । विद्यालयमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन हुँदासम्ममा विद्यार्थीहरूले पाठ्यपुस्तक पाउन नसकेका हुन् ।

बैतडीमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या | Dinesh Khabar

पाठ्यपुस्तक विनानै परीक्षाको तयारीमा जिल्लाका विद्यालयमा विद्यार्थीहरू रहेका छन् । विद्यार्थीहरूले सहजरूपमा सामुदायिक अध्ययनरत पूर्ण पाठ्यपुस्तक अहिलेसम्म पाउन सकेका छैनन् ।

विशेषगरि कक्षा ६ देखि १० कक्षासम्मका पाठ्यपुस्तकहरू अभाव देखिएका छन् । कक्षा ६ र ८ को प्राय सबै अनिवार्य कितावहरू अभाव देखिएका छन् भने कक्षा ९ र १० का आधा विषयका किताव अभाव देखिएका छन् ।

व्यवसायी अनुसार जिल्लामा ६९ हजार ८६२ थान पुस्तक अभाव भएको बताएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका कोषाध्यक्ष तीर्थ बहादुर डागीले सबैभन्दा धेरै कक्षा ८ को कितावहरू अभाव भएको बताउनुभएको छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्