२०८१ जेष्ठ ३० गते बुधवार

दाङका १३ वर्षिय बालकको भारतबाट उद्दार



२२ असार, दाङ डेढवर्षदेखि हराइरहेएका दाङका १३ वर्षिय बालककोे उद्दार गरिएको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीका अनुसार राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी डम्बरबहादुर विकका छोरा १३ वर्षिय नितेस विकलाई भारतको गोण्डाबाट सकुशल उद्दार गरिएको हो ।

भारतको गोण्डाबाट शान्ति पुनस्र्थापना गृह कोइलाबास दाङले उद्धार गरेर इलाका प्रहरी कार्यालय गढवालाई बुझाएको हो । साथीसँग भारत घुम्न गएका उनी पैसा नभएकोले क्याफे सरसफाईको काम गरिरहेको अवस्थामा भेटिएका थिए ।

उनी बालश्रम शोषणमा परेकोले भारतीय संघसंस्थासंग समन्वयमा शान्ति पुनस्र्थापना गृह कोइलाबास दाङले उद्धार गरी इलाका प्रहरी कार्यलय गढवामार्फत मंगलवार अभिभावकलाई जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्