२०८१ असार ६ गते बुधवार

घोराहीमा जनप्रतिनिधी र कर्मचारीलाई अभिमुखिकरण



२३ जेठ, घोराही- घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन जनप्रतिनिधीहरुलाई अभिमुखिकरण र कर्मचारीहरुलाई पुर्नताजकी तालिम दिएको छ । उपमहानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजना र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको समन्वयमा नवनिर्वाचित वडाका जनप्रतिनिधीहरुलाई व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ताका विषयमा जानकारी गराईएको हो ।

व्यक्तिगत घटना दर्तामा ध्यान दिनुपर्ने कुराहरु बच्चा जन्मेको ३५ दिन भित्र अनिवार्य जन्मदर्ता गराउने र अन्य घटना दर्ता पनि अनलाईन मार्फत नै हुने भएकाले ३५ दिन भित्रै गरी अबको २ बर्ष भित्र छुटेकाहरु सबैले पनि घटना दर्ता अनिवार्य गराउने सरकारको उदेश्य रहेको सो बिषयमा जनप्रतिनिधीहरुलाई अभिमुखिकरण गराईएको शाखा प्रमुख दिवाकर योगीले जानकारी दिनुभयो ।

यसैगरी सामाजिक सुरक्षा भत्ता पाउने बर्ग, उमेरका बिषयमा समेत स्पष्ट हुनुपर्ने भएकाले पाउनु पर्नेले पाउने बाताबरण बनाउने तर्फ विषेश ध्यान दिन जनप्रतिनिधीहरुलाई आग्रह गरिएको उहाँको भनाई छ । यसैगरी कर्मचारीहरु तर्फ वडा सचिब र घटना दर्ताको काम गर्ने कर्मचारीहरुलाई पुर्नताजकी तालिम दिईएको छ । घटना दर्ता र पुराना अभिलेखलाई वडा तहमै कम्प्युटरमा राखिएको र हेर्न सकिने भएकाले यसबाट नागरिलाई छिटो छरीतो सेवा दिन आग्रह गरिएको छ ।

यस्तै सामाजिक सुरक्षा भत्ता पाउनेहरुको एकीन बिबरण संकलन, सिफारीस र नयाँ आर्थिक बर्षमा नविकरण गर्ने काममा वडा तहबाट विषेश निगरानी हुनुपर्ने भएकाले ख्याल गरेर सत्यतथ्य कार्य सम्पादनमा ध्यान दिन समेत कर्मचारीहरुलाई निर्देशन दिईएको छ ।

अभिमुखिकरण एवं पुर्नताजकी तालिममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, पञ्जिकरण शाखा प्रमुख दिवाकर योगी, सूचना प्रविधी अधिकृत विमल अग्रहरी, एमआईएस अप्रेटर विराज अधिकारी रहनुभएको थियो । १९ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुलाई अभिमुखिकरण तथा तालिम जेष्ठ १६ गते देखि शुरु भएको र २६ गते सम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्