२०८१ असार ६ गते बुधवार

सल्यानमा भोज खाना गएका शिक्षकको लडेर मृत्यु



२३ जेठ, घोराही –
सल्यानमा विहेभोज खायर घर फर्कने क्रममा लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउपालिका वडा नम्बर ४ निवासी ५४ वर्षका सप्त प्रकाश मल्लको लडेर मृत्यु भएको हो।

हिजो राति १० बजे गाउँकै भल्चौर गाउँमा विहेभोज खायर घर फर्कने क्रममा दार्मा गाउपालिका वडा नम्बर ४ भल्चौर मा लडेर मृत अवस्थामा सव फेला परेको परिवारले जनाएको छ ।

मल्ल नव सर्वसाधारण मावि दार्मा ४ रातामाटामा प्रावि द्वितीय श्रेणीमा कार्यरत शिक्षक समेत हुन । अहिले पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान लिने तयारि भएको प्रहरिले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्