२०८२ बैशाख ११ गते बुधवार

शिबमन्दिर परिसरमा वृक्षारोपण संगै खाद्यान्न सहयोग



२३ जेठ, तुलसीपुर – दाङको तुलसीपुर उपमाहनगरपालिका वडा नं ७ पर्सनी स्थित प्रगतिशिल साथ अभियानले शिबमन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।

वातावरण दिवसको अवसरमा सो स्थानमा विभिन्न प्रजातिका विरूवा रोपिएको अभियानका संयोजक चिरञ्जीवी रेग्मीले जानकारी दिनुुभयो ।
बृक्षारोपन कार्यक्रममा सामाजिक सङ्घसंस्था, अभियानका सम्पुर्ण सदस्य, अस्थायी प्रहरी पोस्ट पर्सेनी लगायत उपस्थिति रहेको थियो । अभियानमा नयाँ सदस्य नारायन भण्डारी र अर्जुन बिकलाई स्वागत गरिएको थियो ।

साथै तुलसीपुर र ७ राजापुर का २ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको प्रेस सल्लाहकार कृष्ण अधिकारी जानकारी दिनुुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्