२०८१ असार ६ गते बुधवार

वैदेशिक रोजगार ठगीः साढे २ करोड रकम मागदावीसहित ८ जना विरुद्ध मुद्दा दायर



२३ वैशाख,घोराही –  वैदेशिक रोजगारीको लागि माल्टा पठाउने भन्दै १ सय २२ जनाबाट १ करोड ४६ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको आरोपमा एक कन्सलटेन्सी विरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ ।

आकर्षक तलब सुविधाको प्रलोभन देखाई इन्टरनेशनल एक्पो एण्ड ट्राभल सर्भिसले वैदेशिक रोजगार ऐन विपरीत वैदेशिक रोजगारीमा पठाउने भन्दै १ सय २२ जनाबाट रकम उठाएर ठगी गरेको भन्दै विभागले ८२ लाख ४ हजार हर्जनासहित २ करोड ४६ लाख १२ हजार मागदावी सहित ८ जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगार सम्बन्धी कार्य गर्नका लागि विभागसँग इजाजत लिएको हुनुपर्छ । तर कन्सलटेन्सीले इजाजत नै नलिई करोडौँ रुपैयाँ ठगी गरेको पाइएपछि विभागले मुद्दा दायर गरेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।

सूचना अधिकारी भुसालका अनुसार कन्सल्टेन्सीका सञ्चालक राधा सुबेदी सहितका व्यक्तिले रोजगारीका लागि माल्टा पठाउने भन्दै प्रतिव्यक्ति २ लाख ३५ हजार रुपैयाँसम्म रकम उठाएको देखिएको छ ।।

१ करोड ६४ लाख ८ हजार ठगी गरेको र त्यसमा ८२ लाख ४ हजार हर्जनासहित २ करोड ४६ लाख १२ हजार मागदावी सहित ८ जना विरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्