२३ बैशाख,घोराही ।
तुलसीपुरमा रोकि राखेको कारमा तीन वालक मृत भेटिएको घटनाबारे नेपाल उत्पीडित जातिय मुक्ति समाजले पुनः ध्यानाकर्षण गराएको छ । घटना घटे लगत्तै प्रेस विज्ञप्ती जारी गरी सत्य तथ्य छानविन गरि दोषिलाई कारवाहीको माग गर्दै आएको समाजले ६ दिन सम्म घटनाबारे यथार्थ सार्वजनिक नहुनु चिन्ताको विषय भएको बताएको छ ।
समाजका जिल्ला अध्यक्ष चुर्ण बहादुर नेपालीद्धारा जारी विज्ञप्तीमा सरोवालासंग आबस्यक परामर्श गरि पिडितलाई न्याय दिलाउने कुरामा अघि बढेको बताईएको छ ।
कसैको दवावमा नपरि अनुसन्धानको दायरा फराकिलो पारी दोषि पत्ता लगाई कारवाहि र पिडीतलाई उचित क्षतीपुर्ति दिलाउन सम्बन्धीत निकाय सग माग गर्दछौ विज्ञप्तीमो उल्लेख गरिएको छ । पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र उनीहरू मृत अवस्थामा फेला परेका थिए ।।