२०८१ भाद्र २९ गते शनिवार

दाङमा निषेधाज्ञा उल्लंघन गर्ने ३५६ जना होल्डिङमा



२३ बैशाख,घोराही ।
कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने २८० जनालाई होल्डिङ गरेर छाडिएको छ । लकडाउनका सातौ दिन आज निषेधाज्ञा उल्लंघन गर्ने २८० जना सहित १४३ वटा सवारीसाधनलाई कारवाही गरिएको हो । कारवाही पर्नेमा ६५ जना महिला र २१५ जना पुरुष रेहेका छन । त्यसैगरि सवारीसाधनमा ६५ वटा दुई पाङ्ग्रे र ७८ वटा चार पाङ्ग्रे गाडि रहेका छन ।
यो संगै लकडाउन सुरु भएयता उल्लंघन गर्ने २७८ पुरुष  र ७८ महिला गरि ३५६जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाले जानकारी दिनुुभयो ।

त्यसैगरि सवारीसाधनमा २५१ वटा दुई पाङ्ग्रे र २६५ वटा चार पाङ्ग्रे गाडि रहेको सूचना अधिकारी रिजाले जानकारी दिनुुभयो । निषेधाज्ञामा तोकिएका बाहेकका सवारी चलाउनेलाई कारवाही गरिएको । जिल्ला प्रशासन कार्यालय दाङले वैशाख १७ गते रातिदेखि २५ बेलुकी छ वजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्