२०८० फाल्गुन ११ गते शुक्रवार

सेवाग्राहीको चापलाई थेग्न नसकेपछि दर्ता कक्ष थप



२३ चैत,घोराही –
ईलाका प्रशासन कार्यालय तुलसीपुरले सेवा प्रवाहलाई थप सहज बनाएको छ । कार्यालयमा सेवाग्राहीहरुको अत्यधिक चाप बढेपछि दर्ता कक्ष थप भएको कार्यालयका प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिनुभयो ।

विशेषगरी कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र सेवा लिने सेवाग्राहीहरुलाई मध्यनजर गर्दै फारम दर्ता कक्ष थप गरिएको हो ।

यसअघि एउटा मात्रै फारम दर्ता कक्षबाट सेवा दिदा भिडभाड हुने अवस्था आएपछि आफुहरुले विभागमा बारम्बार ताकेता गरेर अहिले राष्ट्रिय पञ्जिकरण विभागबाट एक जना कम्युटर अपरेटर सहित दर्ता कक्ष संचालनमा ल्याएको बताउनुभयो । कार्यालयमा हिजोदेखी दुई वटा दर्ता कक्षबाट सेवा संचालन गरिएको छ ।

विशेषगरी राष्ट्रिय परिचय पत्र जिल्ला बाहिर नागरिकले समयमा बनाउन सक्ने भएकाले कार्यालयमा चाप बढेको छ । विद्युतिय राहदानी फारम भर्नका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भएपछि अहिले सेवाग्राहीहरुको चाप बढेको छ । कार्यालयमा नेपाली सेना, अन्य कर्मचारीहरु समेत राष्ट्रिय परिचय पत्र बनाउन आउने गरेका छन् ।।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्