२०८० फाल्गुन ११ गते शुक्रवार

उद्योगमा लोडशेडिङ भएको छैन, अलि ‘राजनीति’ भयो: कुलमान घिसिङ




२३ चैत, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले भनेजस्तो उद्योगहरूमा १४ घण्टा लोडशेडिङ नभएको बताउनुभएको छ । आज बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले तत्कालीन समयमा भारतबाट बिजुली खरिद गर्न समस्या आएकाले कहीँ कतै बिजुली कटौती भएको बाहेक उद्योगहरूमा लोडशेडिङ नगरिएको दाबी गर्नुभयो ।

निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगमा लोडशेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले उद्योगहरूमा प्राधिकरणले लोडशेडिङ ग¥यो भन्ने विषयहरू पनि आयो । यो तत्कालीन अवस्थाको समस्या थियो तर लामो समयको समस्या जस्तो गरेर कुरा बाहिर आयो । अलि राजनीति कुरा भयो । बेलुकाको समयमा कुनै उद्योगमा एक÷दुई घण्टा ट्रान्समिसन लाइनको कारणले लोड कम गर्ने कुरा प्राधिकरणले समयमा नै भन्ने गरेको हुन्छ, त्योबाहेक कहीँ पनि लोडशेडिङ भएको छैन ।’

निर्देशक घिसिङले रुस र युक्रेनबीचको युद्धको कारण बिजुली आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरूले बुझ्नुपर्ने बताउनुभयो । उहाँले तीन महिना भारतबाट केही बिजुली आयात गर्ने तर असारबाट भारतलाई चार सय मेगावट बिजुली निर्यात गर्ने अवस्था रहेको बताउनुभयो । असारसम्म नेपालको बिजुली उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको उहाँको दाबी छ ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्