२०८० फाल्गुन ११ गते शुक्रवार

कपुरकोट–चोरखोला सडक खण्ड आजदेखी फेरी बन्द



२३ चैत,घोराही – राप्ती राजमार्ग अन्र्तगत सल्यान कपुरकोट – चोरखोला सडक फेरी बन्द भएको छ । सडक स्तरोन्नतीको काम हुने भएकाले दैनिक ९ घण्टा सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । सडक डिभिजन कार्यालय दाङले परिपत्र अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले बुधवार देखी चैत २९ गते सम्म दैनिक ९ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।

दाङ सल्यान अन्र्तगत पर्ने राप्ती राजमार्गको कपुरकोट–चोरखोला सडक स्तरोन्नतीका लागी तोकिएको समय अवधीभर पुर्ण रुपमा बन्द हुने कार्यालयले जारी गरेको सुचनामा भनिएको छ ।कार्यालयले जारी गरेको सुचना अनुसार बुधवार देखी लागु हुने गरी दैनिक विहान सात बजेदेखी ९ , ११ बजेदेखी दिउँसो तिन र बेलुका साढे पाँच देखी आठ बजेसम्म उक्त डक पुर्ण रुपमा बन्द हुनेछ । उक्त समय अवधीभर दाङ–सल्यान आवतजावत गर्नका लागी पैयाखोरे हुदै कपुरकोट बैकल्पिक सडक मार्ग प्रयोग गर्न सकिने कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्