२०८० फाल्गुन ११ गते शुक्रवार

दाङका सबैपालिका सहित सबै वडा चुनावी तालमेल गर्ने



२३ चैत, दाङ – बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले दाङमा दशपालिका सहित सम्पूर्ण वडा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । दाङको घोराहीमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । आगामी बैशाख ३० गते हुने निर्वाचन सफल पार्ने उदेश्यले बैठक बसेको हो ।

चुनावी कार्यदलले गरेको उक्त निर्णयलाई जिल्ला गठबन्धन समितिमा पठाउने र त्यो गठबन्धन समितिले सदर गरेर अघि बढ्ने नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आर्चायले जानकारी दिनुभयो । बैठकमा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक सुवास पुन ,नेकपा एकिकृत समाजबादी पार्टीका सुरामणी बेल्बासे, जनता समाजवादीका होमप्रसाद शर्मा ,राष्ट्रिय जनमोर्चाका गणेश आर्चायको उपस्थिती रहेको थियो ।

स्थानिय तहको निर्वाचनका गठबन्धन गरेर जाने विषयमा सबै स्थानित तहमा छलफललाई तीव्र पारिएको छ । बैठक कांग्रेसका दाङका सभापति शंकरप्रसादको अध्यक्षतामा बसेको थियो ।।

 

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्