२०८१ भाद्र २९ गते शनिवार

बाबुराम भट्टराईले भने – प्रधानमन्त्रीलाई हटाउने प्रक्रिया छिट्टै सुरु हुन्छ



२४ चैत,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रक्रिया छिट्टै सुरु हुने बताएका छन् । गोरखामा भएको कार्यक्रमा उनले ओलीविरुद्ध अविश्वासको प्रस्ताव छिटै पेश गर्ने र हटाउने प्रक्रिया सुरु गरिने बताए । उनले भने – ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदैनन् । नैतिकता भएको मान्छेले मात्र राजीनामा दिन्छ । उनबाट त्यो अपेक्षा गर्नु मूर्खता हो ।’ उनले थपे, ‘त्यसैले उनलाई हटाउने तरिका भनेको अविश्वास प्रस्तावमार्फत नै हो । अब छिट्टै अविश्वास प्रस्ताव अघि बढाउछौँ ।’

काङ्ग्रेसले पनि प्रधानमन्त्री ओलीको राजीनाममा माग गरिसकेकाले अविश्वास प्रस्ताव लैजाने ढोका खुलेको भन्दै उनले कांग्रेस, जसपा र माओवादी यी तीनवटा शक्ति र एमालेभित्रको खनाल– नेपाल समूह ओलीसँग सहमत नरहेकोले छिट्टै प्रक्रिया सुरु हुने बताए । संविधानमा भएअनुसार अविश्वास प्रस्ताव लैजाँदा प्रधानमन्त्रीको वैकल्पिक उम्मेद्वारी दिनुपर्ने तर माओवादीले सरकारबाट समर्थन फिर्ता नलिइसकेको हुनाले प्राविधिक रुपमा गृहकार्य गर्न केही कठिनाइ भएको उनले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्