२०८० फाल्गुन ११ गते शुक्रवार

एमाले दाङको पहिलो पुर्ण वैठक: विभाग प्रमुख ताेकिए



२२ फागुन,घोराही- नेकपा एमाले दाङको पहिलो पुर्ण वैठकले विभिन्न विभाग तथा संठगनलाई पूर्णता दिँदै सकिएको छ । आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न पूर्ण बैठकले डेढ दर्जन बढी विभाग गठन गरेको छ भने संघीय, प्रदेश निर्वाचन क्षेत्र तथा दश वटै पालिका तथा सय वटै वडामा ईन्चार्ज पनि तोकेको छ । यसैगरी जिल्ला सल्लाहकार, जेष्ठ कम्युनिष्ठ मञ्च र विभिन्न विभागहरुलाई समेत वैठकले पूूर्णता दिएको छ ।
एमाले दाङका अध्यक्ष हुुकुुमबहादुर बस्नेतको अध्यक्षता तथा नेकपा एमाले पोलिट व्यूरो सदस्य एवं दाङ ईन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले संघीय निर्वाचन क्षेत्र अन्तर्गत ३ वटै क्षेत्रमा ईन्चार्ज तोकेको छ । जस अन्तर्गत क्षेत्र नम्बर १ मा पार्टी उपाध्यक्ष राममणि पाण्डे, क्षेत्र नम्बर २ मा सचिव मनोहर बुढाथोकी र क्षेत्र नम्बर ३ मा उपसचिव कृष्ण भुसाललाई चयन गरेको छ ।
यसैगरी, जिल्लाका दश वटै पालिकाको ईन्चार्ज पनि तोकिएको छ । जस अनुसार घोराही उपमहानगरपालिका ईन्चार्ज पनि तोकेको छ । गत पुस २३ गते सम्पन्न जिल्ला अधिवेशनले तय गरेको १० प्रतिशत जिल्ला कमिटी सदस्य पनि मनोनित गरेको छ । यसैगरी बैठकले विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी प्रदान गरेको सचिव मनोहर बुढाथोकीले बताउनुुभयो ।

बैठकलाई सम्बोधन गर्दै पोलिट व्युुरो सदस्य एवं जिल्ला ईन्चार्ज चौधरीले आसन्न स्थानीय तहको निर्वाचनमा सबै पालिकामा जीत हासिल गर्ने गरी पार्टी संगठन, विभाग, जनवर्गीय संगठनलाई निर्देशन दिनुुभयो । वैठकमा केन्द्रिय सदस्यहरु शान्ता चौधरी, सीता सिग्देल न्यौपाने, गंगा चौधरी, प्रदेश सदस्य सरस्वती गौतम, निवर्तमान जिल्ला अध्यक्ष टिकाराम खड्का, नेता शम्भु गौतम लगायतले आफ्नो भनाई राख्नुभएको थियो । उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव मनोहर बुढाथोकिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्