२०८१ माघ ४ गते शुक्रवार

दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी: नियमित रुपमा पुजा पाठ गरिने



२२ फागुन,दाङ- दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा नियमित पुजा पाठ गरिने भएको छ । धार्मिक उप समितीले दैनिक रुपमा पुजा पाठ गर्ने निर्णय गरेको छ । प्रदर्शनी अवधीभर अखण्ड दिप प्रज्वलन गरिने भएको मुल आयोजक समितीका सह संयोजक नरेश कार्कीले जानकारी दिए । त्यसैगरेर चैत ५ गते २१ बटुक द्धारा लघु रुद्री पाठ गरिने भएको छ । लघु रुद्रीको जिम्मा प्रकास भट्राइ, भजन कृतनको जिम्मा घनश्याम केसी दैनिक योगका लागि पतञ्जली योग समिती, दैनिक पुर्जा पाठका लागि टोपेन्द्र पौडेललाई जिम्मा दिएको धार्मिक उप समितीका संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिए ।

प्रर्दशनीको समयमा हेलीकप्टर मार्फत लुम्विनी प्रदेशका विभिन्न जिल्ला तथा कर्णाली प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था मिलाइएको मुल आयोजक समितीका सयोजक टंकसिह वुढाथोकीले जानकारी दिए । हेलीकप्टर मार्फत नागरिकको इच्छा अनुसार पर्यटकीय तथा धार्मिक स्थल सम्म पुग्ने भएको उनले बताए ।

भोजन तथा आवास व्यवस्थापन उप समिती विस्तार गरिएको छ । उप समितीका संयोजक विष्णुप्रसाद रिजालको अध्यक्षता तथा मुल आयोजक समितीका सह संयोजक नरेश कार्कीको प्रमुख आतिथ्यतामा भएको बैठकले समिती विस्तार गरेको हो । समितीको सदस्यमा दिपेन्द्रकुमार पुन मगर, इश्वर वुढामगर, मोहन केसी, टिकाराम भुसाल, श्यामकुमार वि क, खर्कसिंह पुन, भरत पछाइ, मानवहादुर घर्ति, शकर अधिकारी, नवराज मैनाली रहेका छन् ।

खानेपानी तथा सरसफाइ उप समिती विस्तार गरिएको छ । उप समितीका संयोजक मित्रदेव अधिकारीको अध्यक्षता तथा मुख आयोजक समितीका सह संयोजक रामप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा वसेको बैठकले समिती विस्तार गरेको हो । समितको सदस्यहरुमा रुद्रवहादुर डाँगी, भक्तवहादुर केसी, विष्णु जि सी, विष्णु पोख्रेल, दुर्गाप्रसाद घिमिरे, सुमन शर्मा र विशाल गिरी रहेका छन् ।

संघको आयोजनामा “उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास” भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको लागि प्रचार प्रसार, चिठी पत्र पठाउने, भेटघाट, छलफल तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्य समेत तिव्रता दिएको प्रर्दशी मुल आयोजक समितीका सह संयोज तथा संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

प्रदर्शनीलाई मर्यादित तथा व्यवस्र्थीत बनाउन सबै उप समितीले काम अगाडि बढाएको उनको भनाइ छ । अहिले सबै उप समितीहरुले आफनो कामलाइ तिव्रता दिएका । अहिले सबै उप समितीहरुले आफनो जिम्मेवारी अनुसार आफनो कामलाइ तिव्रता दिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्