२०८० फाल्गुन १२ गते शनिवार

आईतबार दाङका थप ३ जनामा कोरोना पुष्टि



२२ फागुन,घोराही –
दाङमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० जनाको एन्टिजेन परिक्षण गर्दा घोराहीका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य संन्चालन केन्द्र दाङले जनाएको छ ।

पुष्टि हुनेमा दुई जना महिला र एक जना पुरुष रहेका छन् । दाङमा अहिले सकृय संक्रमितको संख्या ५ जना रहेको छ । उनीहरु मध्ये घरमा र अक्सिजनमा २/२ जना र आईसियुमा एक जना रहेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्