२२ फागुन,घोराही- लुम्बिनी प्रदेशमा लैंगिक हिंसा धेरै हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुटवलमा आयोजना गरेको कार्यक्रममा सन् २०२१ मा सात प्रदेशमा गरिएको अभिलेख अनुसार लुम्बिनी प्रदेश लैंगिक हिंसाका घटनामा अग्रस्थानमा रहेको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिनुभयो ।
इन्सेकको तथ्यांकअनुसार प्रदेश १ मा १६ प्रतिशत, मधेश प्रदेशमा ११ प्रतिशत, बागमतीमा १७ प्रतिशत, गण्डकीमा आठ प्रतिशत, लुम्बिनीमा २९ प्रतिशत, कर्णालीमा सात प्रतिशत र सुदूरपश्चिममा १२ प्रतिशत हिंसाका घटना भएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता विष्णु सुवेदीले लुम्बिनी प्रदेशका जनता बढी सचेत भएकाले मानवअधिकारका घटनाबढी सार्वजनिक भएको तर्क गर्नुभयो ।
अन्य प्रदेशमाभन्दा लुम्बिनीमा हरेक खालका मानवअधिकारसँग जोडिएका घटना नियन्त्रणका लागि सरकार कानुन निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो । मुख्य न्यायाधिवक्ता सुवेदीले संघीय सरकार प्रदेश सरकार बलियो बनाउने सवालमा अझै बाधक देखिएको जानकारी दिनुभएको छ ।।