२२ फागुन,घोराही/
नगर विकास समिति घोराहीको प्रशासनिक भवनको शिलन्यास गरिएको छ । अहिले रहेको भवन पुरानो र जिर्ण बनेपछि नयाँ भवन निर्माण गर्न लागिएको हो । भवनको नगर विकास समितिका अध्यक्ष एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिलन्यास गर्नुभएको हो ।
तल्लो तलामा एउटा हल र अन्य तीन कोठा बन्ने भएको छ । त्यसैगरी दोस्रो तल्लामा तीन वटा कोठा बन्ने छ । भवन निर्माणको जिम्मा सत्यम कन्ट्रक्सन प्रालीले लिएको छ ।
भ्याट सहित ५६ लाख ६९ हजार ९ सय ६६ रुपैयाँको लागतमा भवन निर्माणको जिम्मा लिएको र तीन महिना भित्र निर्माण सक्ने प्रालीका सञ्चालक बामदेव सुबेदीले जानकारी दिनुभयो ।
नगर विकास समितिको भवन पुरानो हुदै जाँदा पानी चुईने र साघुँरो समेत भएपछि नयाँ भवन बनाउन लागिएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।।