२२ फागुन,घोराही ।
दाङमा वितेको ३ वर्षमा ९ सय ७७ वटा महिला हिंसाका विभिन्न खाले घटना भएका छन । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार २०७५/०७६ मा जवरजस्ती करणी का ६८, जवरजस्ती करणी उद्योग २१, बहुविवाह २८, बोक्सी आरोप २, मानव बेचविखन ४, अपहरण तथा शरिर बन्धक ३, बालविवाह ८, आत्महत्या ८३, गर्भपतन १, बालयौन दुरचार ९, सामाजिक हिंसा ३ र घरेलु हिंसा १ सय ६१ गरि ३९१ वटा हिंसाका घटना भएका हुन् ।
त्यस्तै २०७६/०७७ मा जवरजस्ती करणी का ४४, जवरजस्ती करणी उद्योग २३, बहुविवाह १४, मानव बेचविखन १, अपहरण तथा शरिर बन्धक १, बालविवाह ३, आत्महत्या १ सय १३, गर्भपतन २, बालयौन दुरचार १०, ज्यान मार्ने उद्योग १, कर्तव्य ज्यान १, सामाजिक हिंसा १ र घरेलु हिंसा १ सय १५ गरि ३२९ वटा हिंसाका घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताउनुभएको छ ।
त्यस्तै २०७७/०७८ मा जवरजस्ती करणी का ४८, जवरजस्ती करणी उद्योग ११, बहुविवाह २८, बोक्सी आरोप ५, अपहरण तथा शरिर बन्धक १, बालविवाह १, आत्महत्या ६४, बालबालिका बिरुद्ध कसुर १, सामाजिक हिंसा ३ र घरेलु कर्तव्य ज्यान १, ज्यान मार्ने उद्योग १ र घरेलु हिंसा ९६ गरि २५७ वटा हिंसाका घटना भएको एसपी चन्दले जानकारी दिनुभयो ।।