२०८१ चैत्र ११ गते सोमवार

दाङका वनमै सड्न थाले करिब एक लाख क्युफिट काठ



२४ माघ, घोराही- दाङमा कटान गरिएको काठ समयमै नउठ्दा करिब एक लाख क्युफिट काठ वनमै थन्किएको छ । जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा कटान गरिएको काठ लामो समयदेखि ननिकाल्दा कतिपय वनमा काठ कुहिन थालेका छन् ।

काठ कटान गरे पनि जिल्लामा सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना नवीकरणमा ढिलाइ, सीमा विवाद, मुद्दालगायतका विभिन्न कारणले कटान हुने तर निकासीमा समस्या हुँदा वनमै काठ रहने गरेको छ ।

डिभिजन वन कार्यालयको रेकर्ड अनुसार सामुदायिक वनमा ७९ हजार २८.२ क्युफिट काठ वनमै छन् । जिल्लामा सामुदायिक वनमा चार सय ४१.२५ चट्टा दाउरा र डिभिजन वन कार्यालय दाङ अन्तर्गतको राष्ट्रिय वनमा २३.५ चट्टा दाउरा वनमा रहेको छ ।

डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी छोटेलाल चौधरीका अनुसार सामुदायिक वनतर्फ ४५ हजार ५५.२० क्युफिट, मुद्दासम्बन्धी एक हजार ५००.९४ क्युफिट काठ र दाउरा तीन सय ४१.७५ चट्टा बिक्री नहुँदा वनमा रहेको छ ।। गोरखापत्र अनलाईनबाट

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्