२०८१ चैत्र ११ गते सोमवार

विक्रम पुन स्मृति फुटबलको फाईनलमा बिएफएल र राईजिङ स्टार



२४ माघ, घोराही –दाङको घोराहीमा जारी दोस्रो संस्करणको विक्रम पुन स्मृति खुल्ला फुटबल प्रतियोगिताको फाईनलमा बिएफएल रेड र राईजिङ स्टार पुगेका छन् ।
आजको भएको सेमिफाईन खेलामा बिएफएल रेडले एसएसएफएलाई ५ गोलले हराएको हो । बिएफएल क्लबको आयोजनामा घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा हिजो भएको खेलमा राईजिङ स्टारले युएनबिसीलाई २ गलोले हराएको थियो ।

नकआउट प्रतियोगिताको फाईनल खेल पर्सि २६ गते शनिवार दिउसो १ बजे हुने आयोजका संस्था बिएफएलका अध्यक्ष बिवेक बुढाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने क्लबले २ लाख २२ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ भने द्वितीय हुने क्बलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षापंक्ति, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मीडफिल्डर, सर्वाधिक गोलकर्तालाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्