२४ माघ,घोराही –
प्युठानमा हिजो भएको जीप दुर्घटनामा गौमुखी गाउँपालिकाका सात जनासहित आठ जनाको ज्यान गएको शोकमा आज गाउँपालिकाले शोक बिदा दिएको छ ।
नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर फर्कँदै गरेको जीप लिवाङको ओखरपाटामा दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात जना र नौबहिनी गाउँपालिकाकी एक जनाको ज्यान गएको थियो ।
दुर्घटनाले सिङ्गो गाउँपालिका शोकमा डुबेको भन्दै आज बिदा दिइएको अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएकाका आफन्तलाई प्रति मृतक ५० हजार रुपैयाँका दरले राहत रकम दिने पनि निर्णय गरेको छ ।।
प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार