२४ माघ,घोराही।
सिलाई तथा कपडा व्यवसायी संघ घोराही नगर कमिटिको प्रथम सम्मेलन सम्पन्न भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हलमा आज सम्पन्न भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
संघका अध्यक्ष चुर्ण नेपालीको अध्यक्षता एवं जिल्ला विकास समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुुख आतिथ्यता भएको भेलाबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको अध्यक्षमा राजु नेपाली, उपाध्यक्षमा निर्मला परियार, सचिवमा जयभोला परियार, कोषाध्यक्षमा सरिता बुढा रहनुुभएको छ । सदस्यहरुमा लोकबहादुर रानामगर, निर्मल के.सी, गौरी चौधरी, मिरा चौधरी, सर्मिला गन्धर्ब, राजन परियार, महमद रहिस, सुस्मीता कँडेल र बालिका महतरा रहनुभएको छ ।
कार्यक्रममा समन्वय समितिका प्रमुख नेपालीले श्रमबाट मात्रै सिपको विकास हुने बताउनुुभयो । सिलाई पेशालाई सम्मान गर्दै प्रविधीको विकासलाई आत्मसाथ गर्दै पेशालाई जिवन्त बनाउन आग्रह गर्नुभयो ।
बजारमा अस्वस्थ प्रतिस्पर्र्धाको होडबाजी चलिरहेको र त्यसलाई संघले गम्भीरताका साथ ध्यान दिई मूल्य समायोजन गर्न आवश्यक रहेको बताउनुभयो । व्यवसायी उपेश परियारको स्वागत गितबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब कमल परियारले गर्नुभएको थियो ।।