२०८१ माघ ७ गते सोमवार

घोराहीमा स्तम्भकारको भुमिका विषयक विचार गोष्ठी



२४ माघ,घोराही ।
स्तम्भकार समाज दाङ र गोरक्ष पात्रदेव देवता सिद्धरत्ननाथ मठको आयोजनामा आज ऐतिहासिक धार्मिक एवं पर्यटकीयस्थलको प्रवद्र्धनमा स्तम्भकारको भुमिका विषयक विचार गोष्ठी चौघेरामा गरिएको छ ।

स्तम्भकार समाजका अध्यक्ष केवि मसालको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी शुसिल गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, मठका साहयक महन्त योगी देवनाथ लगाएतले ऐतिहासिक धरोहरको संरक्षण र प्रचारप्रसार सरकार तथा जनता सम्म पुग्न नसकेको निष्कर्ष निकालेका छन् ।

डा. भोलानाथ योगीले चौघेरा मन्दिरको ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थलको प्रबद्र्धनमा स्तम्भकारको भूमिका बिषयमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो भने संस्कृतविद डा. शिवकुमार सुवेदीले टिप्पणी गर्नुभएको थियो । मठका महन्त सुरतनाथको स्वागत मन्तव्यबाट सुरु भएको गोष्ठिको सहजिकरण स्तम्भकार समाजका सचिब पद्मप्रसाद शर्माले गर्नुभएको थियो ।

विभिन्न पत्रिकाहरुमा नियमित लेख रचना लेख्दै आएका पत्रकारहरुले पर्यटन प्रबद्र्धनमा समेत स्तम्भहरु लेख्ने र धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रबद्र्धनगर्ने बताएका छन् । समाजका उपाध्यक्ष निमबहादुर थापाले धन्यवाद ज्ञापन गर्नुभएको हो । कार्यक्रममा लक्ष्मीमान योगीले कविता वाचन गर्नुभएको मठका शंकर योगीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्