२०८१ मङ्सिर १६ गते आइतवार

छिल्लीकोटमा जीपलाइन बनाइँदै



२२ पुस, दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा साहसिक खेल जीपलाइन निर्माण गर्न थालिएको छ । नेपालका विभिन्न ठाउँमा जीपलाइन सञ्चालनमा ल्याएसंगै लुम्बिनी प्रदेशको दाङमा पहिलो पटक जीपलाइन सञ्चालनमा ल्याउन थालिएको निर्माण कम्पनीले जनाएको छ । छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जीपलाइन बनाउन थालेको हो ।

कम्पनीका सञ्चालक शिव श्रेष्ठका अनुसार एक करोड दश लाखको लागतमा जीप लाइन बनाउन थालिएको हो । जीप लाइन निर्माण गर्नका लागि वन मन्त्रालयबाट पूर्व स्वीकृत ल्याउनुपर्ने भएकाले एक हप्ताभित्रै कानुनी प्रक्रिया पूरा भई निर्माणको काम शुरु गरिने उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको भूल्के सामुदायिक वनसँग जीप लाइन सञ्चालनका लागि दश वर्षे सम्झौता गरिएको छ । ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्