२२ पुस ,दाङ । दाङमा माछापालन तर्फ युवाहरुको आकर्षण बढ्दै गएको छ । माछा पालन व्यवसाय सफल हुदै गएपछि बर्षेनी युवाहरु यस तर्फ आकर्षित हुदै गएका हुन् । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङका अनुसार अहिले २ सय १७ जना किसानहरु माछा पालनमा जोडिएका छन् ।
बर्षेनी माछा पालन तर्फ युवाहरुको आकर्षण सँगै उत्पादनमा पनि बृद्धी हुदै गएको छ । विज्ञ केन्द्रका मत्यविकास अधिकृत महेन्द्र यादबले २ सय १७किसानहरु मध्य ६५ जनाले लाखौको लगानीमा व्यवसायीकरुपले माछा पालन गरेको जानकारी दिनुभयो ।
जिल्लाभरमा एक सय २५ हेक्टर क्षेत्रफलमा ५ सय बढी माछा पालन पोखरी रहेका छन् । घोराही उपमहानगरपालिका ५ धर्ना, देउखुरीको गढवा र लमही क्षेत्रमा व्यवसायिकरुपले माछा पालन गरिएको छ ।
बिज्ञ केन्द्रका अनुसार दाङमा करिब साढे ६ सय मेट्रिक टन माछा आबस्यक पर्ने र अहिले ५ सय ९५ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । अहिले दाङमा बाहिरी जिल्ला र भारतबाट समेत माछा आउने गरेको केन्द्रको भनाई छ ।।