२२ पुस, दाङ । सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडानम्बर(२ बस्ने रामएकबाल राय यादव छन् ।
यादवले चलाएको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका(४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको हो ।उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार