२०८१ माघ ४ गते शुक्रवार

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ पुग्यो



नयाँ दिल्ली –

छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार थप ७ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । समाचार अनुसार भारतको महाराष्ट्रमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

७ जनामध्ये नारइजेरियाबाट आएका एकै परिवारका ६ जनामा ओमिक्रोन पुष्टि भएको हो । यसअघि कर्नाटक, गुजरात, मुम्बई र दिल्लीमा ओमिक्रोन संक्रमित भेटिएका छन् । घाँटी दुख्ने, ज्वरो आउने र शरीर दुख्नेजस्ता लक्षण देखिएको संक्रमितहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्