१८ मंसिर,घोराही –
दाङमा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा बीस जनाको पिसिआर गर्दा दुई महिला र तीन पुरुषमा कोरोना पष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । कोरोना संक्रमण पष्टि हुनेमा घोराहीका ४ जना र लमहीका एक जना रहेका छन् ।
यसैविच आज जिल्लामा ७ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा लमहीका ३ जना, घोराही, बबई, शान्तिनगर र तुलसीपुरका एक एक रहेको केन्द्रले जनाकारी दिएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामी २१ रहेका छन् । उनिहरु मध्य ३ जना आईसियू सहितको उपचारमा रहेका छन् भने १८ जना घरमै रहेको केन्द्रले जनाएको छ ।।