२०८१ माघ ५ गते शनिवार

देशभर हाल ३ सय ५० बढी कोरोना संक्रमित आइसियू र भेन्टिलेटरमा



२० मंसिर । देशभर हाल ३ सय ५० बढी कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा छन्। ३ सय १२ जना आइसियू र ४५ भेन्टिलेटरमा गरी ३ सय ५७ जना संक्रमित आइसियू र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइसियू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। त्यहाँ मात्र १ सय १२ जना आइसियू र २४ जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा ३० आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा १० जना आइसियू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, गण्डकी प्रदेशमा ८० आइसियू र ७ जना भेन्टिलेटरमा, लुम्बिनीमा ६३ जना आइसियू र ५ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १० जना आइसियू छन्। कर्णाली प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सुदूरपश्चिम प्रदेशमा ७ जना आइसियू र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्