२०८२ बैशाख ९ गते सोमवार

आचरण विपरित काम गर्ने ४ प्रहरी निलम्बित



२० मंसिर । गृह मन्त्रालयले आचरण विपरित काम गरेको भन्दै चार प्रहरी अधिकृतलाई निलम्बन गरेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा रहँदा दुई वर्षअघि अनियमितता गरेको आरोपमा प्रहरी उपरीक्षक (एसपी)द्वय रामेश्वर यादव, विमल बस्नेत, र प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका हुन् ।

त्यस्तै कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतराज चौधरी पनि निलम्बनमा परेका छन् ।

उनीहरुलाई प्रहरी प्रधान कार्यलयको सिफारिसमा मन्त्रालयले निलम्बन गरेको हो । अन्नपूर्ण पोष्टबाट साभार

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्