२० कार्तिक । कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दाङको दंगीशरण गाउँपालिका एक हप्ताकालागि बन्द हुने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै भोली शुक्रबार २१ गतेदेखि २७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ ।कार्यवहाक अध्यक्ष पिमाकुमारी वलीले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्मचारीमा कोरोना देखिएकाले कार्यालय र कार्यालय मातहबाट प्रदान गरिने सेवा भोलीदेखि एकहप्ताका लागि बन्द हुने छ ।’–
प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार