२०८१ चैत्र ११ गते सोमवार

तुलसीपुरमा स्कुटीले ठक्कर दिदा एक जना पैदलयात्रु घाइते



२० कार्तिक । तुलसीपुरमा स्कुटीले ठक्कर दिदा एक जना पैदलयात्रु घाइते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा ४ प ५०७३ नम्बरको स्कुटीले तुलसीपुरको मोतिपुरमा ठक्कर दिदा तुलसीपुर –५ नामीनगर निबासी ५२ बर्षका अर्जुन कुमार बुढाथोकी घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईते बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । स्कुटी चालक भने ठक्कर दिए लगत्तै भागेको र खोजी कार्य जारी रहेको प्रहरीले बतएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्