२०८१ चैत्र ६ गते बुधवार

दाङ प्रहरीद्धारा सवारी ज्यान मुद्धामा फरार अभियुक्तलाई पक्राउ



२० कार्तिक । दाङ प्रहरीले सवारी ज्यान मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपलिका वडा नम्बर १७ निवासी २१ बर्षीय कालिराम चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७६ पुस २१ गते सवारी ज्यान मुद्धामा १ महिना ७ दिनको कैद सजाय र २० हजार रुपैया जरिमाना तोकेको थियो । अदालतको फैसला पछि फरार रहेको चैधरीलाई हिजो बेलुका घोराही १७ क्वाडीबाट नियन्त्रणमा लिई जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्