२० कार्तिक । बलात्कार गरेको आरोपमा तुलसीपुरका एक युवक विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ ।
एक नाबालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१७ दुधरास निबासी १९ बर्षका उमेश केसी विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको पीडितले जानकारी दिएका छन् । बालिकाको स्वास्थ्य जाँच समेत गरिएको छ । बालिका मंगलबार दिउँसो ३ बजे बलात्कृत भएको पडितले बताएका छन् ।
यता ईलाका प्रहरी कार्यालय तुलीपुरले भने घटनामा संलग्न आरोपी फरार रहेकाले खोजी कार्य जारी रहेको बताएको छ । ओरपी पक्राउ नपर्दासम्म र मेडिकल रिपोर्ट नआउँदासम्म केहि भन्न नसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले बताए ।